२०८१ माघ ७, सोमवार , ११:३६:५४ बजे

Sajhamanch
'

ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढधाममा राम सिताको मुर्ति अनावरण

शुक्रवार, भदौ ८, २०८०

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राम,सीता र लक्ष्मणको मुर्तिको अनावरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं ९ स्थित चिल्लागढ धाममा शिवसताक्षी नगरपालिका र स्थानीयको सहभागिता उक्त राम,सीता र लक्ष्मणको मुर्ति निर्माण गरिएको हो । आज शुक्रबार क्षेत्र नं. ४ का माननीय एलपी साँवा लिम्बुले उक्त मुर्तिको अनावरण गरेका हुन् ।

मुर्ति अनावरणका क्रममा बोल्दै संसाद साँवाले झापा क्षेत्र नं. ४ मा सबै भन्दा ठूलो काम नदि नियन्त्रणको काम भइहेको जानकारी दिए । कनकाई नदिमा हाल निर्माण भइरहेको तटबन्धनले आज चिल्लागढधाम नदि कटानबाट सुरक्षित भएको छ । त्यस्तै संसद साँवाले यस धामबाट माइधार जोड्ने सडकमा पर्ने भालु खोलामा ठेक्केदारको लापबाहीका कारण रोकिएको पुल अब निर्माण हुने, शिव प्रावि नजिक झरना खोलामा पुल, मदन पाण्डेको घर पश्चिम झरना खोला पुल, आइतबारे बजारमा पर्ने नहरमा पुल लगायत वडा नं. ९ मा मात्रै ४ वटा निर्माण गर्ने लक्ष्य लिएकोे जानकारी दिए। शिवसताक्षी ९ मा मात्रै धेरै काम गर्नु छ । केही कामहरु यस वर्षको अन्त्य सम्ममा निर्माण गरिने समेत उनले जानकारी दिए । यस ठाउँको विकासका लागि स्थानीय उपभोक्ताहरु सक्रिय भए मात्र विकास गर्न सजिलो र छिटो हुने भएकाले तपाईहरुले विकास लागि सक्रियता देखाउनु भयो भने, हामीलाई पनि काम गर्न सहज हुने उनको भनाई थियो ।

उनले चिल्लागढ धाम परिसरमा रहेको पुर्ननिर्माण गरिएको माता मन्दिरको पनि उद्घाटन गरेका छन । चिल्लागढधाममा अनावरण गरिएको राम सीता र लक्षणको मुर्ति स्थल र शिवसताक्षी नगरपालिकाबाट ५ लाख र स्थानीय उपभोक्ताबाट १ लाख गरी छ लाखमा निर्माण गरिएको हो । त्यस्तै चल्लागढ परिसरमा पुननिर्माण गरिएको माता मन्दिर प्रदेश सरकारको ११ लाख ६२ हजार लागतबाट निर्माण गरिएको चिल्लागढ धाम पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए ।

अध्यक्ष तुम्बापोले चिल्लागढ विकास लागि नगरपालिका, प्रदेश सरकार, स्थानीय सरकार र आम स्थानीयबासीको निरन्तर सहयोगका कारण मात्र हाल भएका संरचनाहरु निर्माण गरिएको जानकारी दिए।

कार्यक्रममा राम, सिता मन्दिर परिसरमा निशुल्क लाइटको व्यवस्था गरिदिने स्थानीय कृष्णप्रसाद मिश्र, मनोज मिश्र र सीता मिश्रलाई धाम विकास समितिले सम्मान गरेको छ । मिश्र परिवारलाई माननीय एलपि साँवाले लिम्बुले सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष डिल्लीलाल फेम्बुलगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । स्थानीय पण्डित दिननाथ खतिवडाको स्वागत रहेको कार्यक्रमको सञ्चालन चिल्लागढ पर्यटन विकास समितिका सचिव वेदनिधि अधिकारीले गरेका थिए ।

शुक्रवार, भदौ ८, २०८० | समाज

सम्बन्धित खबर