२०८१ माघ ७, सोमवार , ०९:४५:०३ बजे

Sajhamanch
'

बजेट कटौती गरेको भन्दै आम उपभोक्ताको आक्रोस, वडाध्यक्षलाई बुझाए ज्ञापन पत्र

सोमवार, भदौ ४, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का उपभोक्ताहरुले बाटो कालो पत्रेका लागि वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

शिवसताक्षी नगरपालिका हुँदै चन्द्रडाँगी जोडन् बैकल्पिक मार्गको रुपमा रहेको बाटो कालो पत्रे गर्नका लागि उपभोक्ताहरुले वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गलाई ज्ञापन पत्र बुझाएका हुन् । उक्त बाटोका लागि शिवसताक्षी नगरपालिकाबाट वडा गौरवको आयोजनाका लागि विनियोजित २० लाख र नगरपालिकाले ६० लाख बजेट थप गरी कालो पत्रे गर्ने सहमति भएको ज्ञपान पत्रमा उल्लेख छ । तर वडा कार्यालयले २० लाख बजेट उक्त बाटो कटाई लालझोडा लगिएको भन्दै स्थानीय उपभोक्ताहरु आक्रोसित बनेका हुन् ।

वडा कार्यालयले आफु खुसी बजेट विनियोजन गर्दा वडा नं. ७ को मुटुमा रहेका बाटो ओझेलमा पारिएको स्थानीय उपभोक्ता गणेश बजगाईंले जानकारी दिए । नगरपालिकाबाट वडालाई आएको शिलिङ्ग बजेट आम उपभोक्तालाई राय सुझाब नमागी ५ जना बसेर विनियोजन गरेको स्थानीय उपभोक्ता अम्बिका अधिकारीको भनाई छ । वडा कार्यालयले के गरिरहेको छ । हामी उपभोक्ताहरुलाई पनि जानकारी दिनु पर्छ । समय समयमा सार्वजनिक सुनुवाई गरी यहाँका कार्यक्रमहरु प्रगति विवरणहरु सार्वजनिक गर्नु पर्ने प्रावधान हुँदा हुँदै पनि आम जनतालाई सुचनाको हकबाट बच्चित गरेको अधिकारीको भनाई छ । वडाध्यक्षलाई १ सय जना उपभोक्ताको हस्ताक्षर सहितको ज्ञपान पत्र बुझाएको थियो ।

यता वडाध्यक्ष भवानी विक्रम चेम्जोङ्गले उक्त २० लाख बजेट फाक्तेबको गाडी टोलमा लगिएको स्वीकार गरेका छन् । जनप्रतिनिधिहरुको सहमति मै बजेट फाक्तेव लगिएको हो । वडाध्यक्ष चेम्जोङ्गले भने, आउँदो आ.व.देखि नगरपालिकाको आसपास र चन्द्रडागी केन्द्रित बजेट विनियोज गछौं । उनले उक्त बाटो निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले नगरपालिका, प्रदेस सरकार र केन्द्रिय सरकारमा योजना माग गर्ने समेत बताए ।

सोमवार, भदौ ४, २०८० | समाज

सम्बन्धित खबर