२०८१ माघ ७, सोमवार , ०८:३९:५७ बजे

Sajhamanch
'

०८४ को चुनावमा अहिले घण्टी बजाएकाले कांग्रेसलाई भोट हाल्छन्ः महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री थापा

आइतवार, भदौ ३, २०८०

शिवसताक्षी । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रदेश नं. १ को नामकरणको विषयमा पहिचान भेटिने र द्वन्द्व मेटिने गरी काम गर्नु पर्ने बताएका छन् ।

शिवसताक्षीको दूधेमा आयोजित नेपाली काग्रेस शिवसताक्षी नगर सम्मेलनमा सम्बोधन गर्दै थापाले प्रदेशको नामकरणको विषयमा भएको द्वन्द्व नेपाली कांग्रेसले मात्र समाधान गर्छ र गर्नु गर्ने बताए । नेपाली कांग्रेसले मिसन ०८४ होइन जनपक्षिय काममा विश्वास गर्ने जानकारी दिए ।

चुनाव जित्नु र हार्नु यो प्राविधिक विषय भएकाले अबको चार वर्ष नेपाली कांग्रेसले जनपक्षीय काम गयौ भने, ०८४ सालको चुनावमा अहिले घन्टी बजाएकाले आफै कांग्रेसलाई भोट हाल्न आउँछन् । शान्ति, संविधान र समृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको छ । उनले भने, हामीले व्यवस्था वदलियौं अब नेपाली कांग्रेसले जनताको अवस्था बदल्ने गरी काम गर्छ ।

अहिले सरकार बस्ने र विपक्षमा बस्ने नेताहरुको विभिन्न भष्ट्रचारका काण्डहरु आएका छन् । यस्ता कान्डहरुमा चाहे नेपाली कांग्रेसका नेता मुछिए पनि कार्वाहीको दायरामा ल्याउने पर्ने बताए। भ्रष्चार गर्ने दोषीलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्छ चाहे जुनसुकै पार्टीका होस । उनले भने, अहिले भष्ट्रारको विषयमा गठबन्धन र विपक्षी दल विभिन्न समयमा बैठक बस्दै गरेको सुनिन आएको छ ।

बैठक बसेर निस्कदा नेताहरुको कुरा फरक देखिन थालेको पाइएको महान्त्री थापाले बताए । ललिता निवास प्रकण निस्कदा, क्यान्टोनमेन्टको प्रकरणले छेक्ने जस्ता गतिविधी देखिएकाले अब गठबन्धन र विपक्षी दलको बैठक पनि जनता सामु लाइभ गर्नू पर्छ । उनले भनै बैठक बसेर निस्कदा नेताहरुको भाषा फरक आउँछ । राज्यका अनुसंन्धान गर्ने निकाय सक्षम भएकाले जो कसैले भष्ट्रचार गरेको प्रमाणित भए कार्वाहीको दायरा ल्याउनु पर्छ । महामन्त्री थापाले नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतको प्रशंसा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतले नगर समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, नगर समिति, नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस नगर सचिव होम दुलालले गरेका थिए ।

आइतवार, भदौ ३, २०८० | राजनीति

सम्बन्धित खबर