२०८१ माघ ८, मङ्गलवार , ०३:४६:१० बजे

Sajhamanch
'

वडाध्यक्षलाई जिम्मेवारी दिएको प्रति कुनै आपत्ती छैनः उपप्रमुख कार्की

बुधवार, साउन ३१, २०८०

नगरप्रमुखको कुर्सी प्रयोग नगरिएको वडाध्क्ष प्रसाईको भनाई

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको नगरप्रमुखले कार्यवाहक वडाध्यक्ष विष्णु प्रसाद प्रसाईलाई दिएको सन्दर्भमा आफ्नो कुनै आपत्ती नरहेको शिवसताक्षी नगपालिकाकी उपप्रमुख नरमाया कार्कीले बताएकी छिन् ।

उनले नगरप्रमुख मेगाहाङ्ग थोप्राले वडा नं. ४ का वडाध्यक्ष तथा प्रमुख सचेतक प्रसाईलाई कार्यवाहक दिएको प्रति कुनै आपत्ती नरहेको बताइन् । नगरप्रमुखले आफ्ना विवेकले कार्यवाहक दिनु भएको होला, यसलाई उपप्रमुखले उजुरी दिएको भन्दै गलत सुचना प्रवाह भएकोमा मेरो आपत्ती छ । उनले भनिन् मैले यो विषयमा कही कतै पनि उजुरी दिएकी छैन ।

अहिले सामाजिक सञ्जालमा उपप्रमुखलाई कार्यवाहक नदिएको भन्दै विभिन्न टिकाटिप्पणी भएको छ । नगरप्रमुखले विभिन्न स्थानीयतहमा वडाध्यक्षहरुलाई कार्यवाहक दिएको धेरै छन् । यसमा मेरो कुनै गुनासो नरहेको उपप्रमुखको भनाई छ । नगरप्रमुख र उपप्रमुखको बीच फाटो ल्याउने उद्देश्यले सामाजिक सञ्जालको प्रयोग नर्गन समेत उनले माग गरेकी छिन् । कानुनी हिसाबमा आफु नहूँदा जिम्मेवारी कसलाई दिने भन्ने कुरा होला तर अहिले कार्यवाहक दिएकोमा प्रति मेरो कुनै आपत्ती नरहेको समेत उनले जानकारी गराएकी छिन् । यता नगरप्रमुख ७ दिनसम्म कार्यालयमा उपस्थित नहुँदा उपप्रमुखलाई कार्यवहाक दिनु पर्ने कानुनी व्यवस्था छ ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले आफु जापान भ्रमणका क्रममा ७ दिनका लागि वडाध्यक्ष प्रसाईलाई जिम्मेवारी दिएका हुन् । यता कार्यवाहक प्रसाईले नगरप्रमुखको कुर्सीमा बसेर सेवा प्रवाह गरेको भन्दै सामाजिक सञ्चालमा आएको टिकाटिप्पणी गलत भएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । मैले नगरप्रमुखले दिएको जिम्मेवारी मात्र पुरा गरेको हुँ । नगरप्रमुखको कुर्सी प्रयोग गरेको छैन । उनले भने, वास्तविकता नबुजी सामाजिक सञ्जालमा गलत सुचना प्रवाह गरेको प्रति मेरो आपत्ती छ । कसैलाई मान मर्यादा गिराउने उद्देश्यले सामजिक सञ्जालको दुरुपयोग गरेर समाजमा नकारात्क कुराको सुचना प्रवाह नर्गन समेत उनले माग गरेका छन् ।

बुधवार, साउन ३१, २०८० | समाज

सम्बन्धित खबर