२०८१ माघ ८, मङ्गलवार , ०२:४५:५० बजे

Sajhamanch
'

शिवसताक्षीमा डेंगु नियन्त्रण अभियान जारीः मंगलबारे बजारमा लामखुट्टेको बासस्थान नष्ट गर्दै सचेतना कार्यक्रम

सोमवार, साउन २९, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले डेंगु संक्रमणलाई न्युनिकरण गर्न शुरु गरिएको लामखुट्टेबो बासस्थान नष्ट गर्ने अभियान जारी राखेको छ ।

पछिल्लो शिवसताक्षी नगरपालिकामा पनि डेंगुको संक्रमण देखिन थालेपछि शिवसताक्षी नगरपालिकाले डेंगु संक्रमणलाई रोकथाम र न्युनिकरण गर्न अभियान सुरु गरेको हो । आज नगरपालिकाले शिवसताक्षी नगरपालिका वडा नं. २ को मंगबलबारे बजारमा लामखुट्टेको बासस्थान नष्ट गरेको छ । बजार वरपरी सरसफाई लगायत लामखुट्टे बस्ने सम्भावित स्थानहरुको खोजी गरी नष्ट गरेको हो ।

नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष भिम नेम्वाङ्ग लगायत स्वास्थ्य शाखाका पदाधिकारीहरु मंगलबारे बजार बासीहरुले संयुक्त रुपमा लामखुट्टेको बासस्थान नष्ट गरेका थिए ।

एडिस जातिको लामखुट्टेले डेंगु संक्रमण बढाएकाले त्यसले लार्भा उत्पादन गर्ने संम्भावित स्थानहरु पहिचान गरी नष्ट गरिएको नगर प्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । लामखुट्टेलाई विषादी र विषादी युक्त धुँवाले केही समय लामखुट्टे भागेता पनि प्रभावकारी नदेखिएकाले लार्भा उत्पादन गर्ने स्थान नष्ट गर्न नगरपालिकाले अभियान चलाएको उनले बताए ।

मंगलबारे बजारमा केही समय डेंगु रोग कसरी लाग्ने र त्यसबाट कसरी बच्च सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम समेत गरिएको उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

सचेतना कार्यक्रममा सबै वडाबासीहरुले आ–आफ्नो घर वरपर सरसफाई गरेर लामखुट्टेको बासस्थान नष्ट गर्ने सुझाइएको थियो ।
कार्यक्रममा श्री मोती माध्यमिक विद्यालयका स्काउडका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

सोमवार, साउन २९, २०८० | विविधा, समाज

सम्बन्धित खबर