२०८१ माघ ८, मङ्गलवार , १२:२३:१६ बजे

Sajhamanch
'

स्वतन्त्र विद्यार्थी युुनियनले कनकाई क्याम्पसमा डस्विन वितरण

बिहिवार, साउन २५, २०८०

कन्काई । स्वतन्त्र विद्यार्थी युुनियन कन्काई बहुुमुुखी क्याम्पसले डस्विन वितरण गरेको छ ।

झापाको सुरुंगामा स्थित कनकाई क्याम्पसमा आज एक कार्यक्रमका बिच क्याम्पसका सम्पुुर्ण कक्षाकोठाहरुमा अति आवश्यक परिरहेको डस्बिन व्यवस्थापन गरेर वितरण गरेको छ ।

कक्षाकोठा परिसरमा सरसफाई कायम राख्नका निम्ति आवश्यक परेको २५ थान डस्बिन कन्काई नगरपालिकासँगको सहकार्यमा स्ववियुुले क्याम्पसलाई वितरण गरेको हो ।

कन्काई बहुुमुुखी क्याम्पसका प्रमुुख विकास प्रसाद उप्रेतीलाई हस्तानतरण गर्र्दै डस्विन वितरण गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुुखज्यूूले स्ववियुुले निर्वाचित भए लगत्तैबाट विद्यार्थीको रचनात्मक तथा क्षमता वृद्धिका निम्ति विभिन्न उत्कृष्ट कार्यक्रम गर्दै आएकोमा यस डस्बिन वितरण मार्फत सिङ्गो क्याम्पसको सरसफाई लगायतका विषयमा समेत कदम चालेकोमा खुुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै स्ववियुु अध्यक्ष चेतन आचार्यज्यूूले क्याम्पसमा विद्यार्थीहरुले कक्षाकोठामा डस्बिन नभएर फोहोर मैला व्यवस्थापन राम्रो हुुन नसकेको कुुरा बारम्बर उठाउँदै आएकाले स्ववियुुले आफ्नै पहलमा २५ थान डस्बिनको प्रबन्ध गरेर वितरण गरिएको बताइएको छ । यसैगरि क्याम्पसमा खेलकुुदका सामाग्रीहरु मध्ये फुुटबलको समेत अभाव भएकाले २ थान फुुटबल समेत स्ववियुुको तर्फबाट हस्तानतरण गरिएको थियो ।

बिहिवार, साउन २५, २०८० | विविधा, समाज

सम्बन्धित खबर