२०८१ माघ ७, सोमवार , ०८:३९:१४ बजे

Sajhamanch
'

डेंगु नियन्त्रणका लागि शिवसताक्षीमा लामखुट्टेको बासस्थान नष्ट गर्न थालियो

सोमवार, साउन २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले डेंगु नियन्त्रणका लागि आजबाट लामखुट्टेको बासस्थान नष्ट गर्न थालेको छ ।

नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की सहित स्वास्थ्य शाखाको टिम, वडा नं ९, वडा नं. ११, दूधे बजार विकास समिति र बजारबासीले दूधे बजार वरपर लामखुट्टेको बास स्थान नष्ट गरेको हो ।

बजार वरपर फोहोर र बट्टा, पानीका बोतल, ड्रम, टायर भएका ठाउँहरु पहिचान गरी त्यस्ता स्थानहरुलाई लाम खुट्टेले लार्भा पार्न नसक्ने गरी नष्ट गरिएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाले आजबाट नगरका सबै वडाका बजारहरुमा लामखुट्टेको बासस्थान नष्ट गर्ने बताए । नगरपालिकाले सामाजिक सञ्जाल र माइकिङ्ग गरी नागरिकहरुलाई आफ्नो घर वरपर लामखुट्टे बासस्थान पहिचान गरी नष्ट गर्न आग्रह गरेको छ ।

डेंगु नियन्त्रणका लागि विषादी र विषादी युक्त धुँवा छर्किने भन्दा लामखुट्टेको बासस्थान नै नष्ट गरे मात्र प्रभावकारी हुने देखिएपछि नगरले यो अभियान सुरु गरेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । उनले डेंगु विरामी गाउँमा भन्दा सहर बजारमा बढी देखिने भएकाले पनि पहिले बजार क्षेत्रलाई फोकसमा राखेर अभियान चलाएको बताए ।

 

 

सोमवार, साउन २२, २०८० | समाज

सम्बन्धित खबर