
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुन तोलामा एक लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।