काठमाडौं । शोभित बस्नेत कुनै पनि विषयमा आफ्नो धारणा आक्रामक ढंगले राख्ने निर्माता तथा निर्देशकमध्ये पर्छन् । यसपटक उनी फिल्मको कमाइ सार्वजनिक गर्ने चलचित्र विकास बोर्डको पक्षमा उभिएका छन् । उनले बोर्डको यो कदमलाई सही भन्दै तीन कारण पेश गरे ।
आफू निर्मित फिल्म ‘जय हो’को शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले फिल्मको कमाइ सार्वजनिक गर्ने उक्त कदम कलाकार र निर्माताको पक्षमा आएको बताए । उनले भने, ‘बोर्डले जुन लिस्ट निकाल्यो, यो एकदम ठीक गर्यो किनभने त्यो कलाकारको पक्षमा छ । यो लिस्ट हेरेपछि कलाकारले आफूले लिएको रेटअनुसार फिल्मले कमाएको छ कि छैन भनेर सोच्न बाध्य भएको छ ।’
शोभितले अगाडि भने, ‘जसले पायो त्यसले फिल्म बनाउन नसक्ने भए । कलाकारले पनि हैसियत बुझ्न भए । निर्माताले पनि सोचेर फिल्म बनाउने भए । आर्टिस्टले आफ्नो पारिश्रमिक नै अल नेपालबाट कमाउन सक्दैन भने किन निर्मातालाई मारमा पार्ने रु’ बोर्डले कमाइ सार्वजनिक गरेपछि धेरै निर्माता फस्नबाट जोगिएको र पछिल्लो समय करोडको केक काट्ने कार्यक्रम पनि हुन छाडेको भन्दै शोभितले कटाक्ष गरे ।
उनको प्रश्न छ, ‘बजेट निकाल्यो सही भएको छ । विदेशमा पनि दुई घण्टामै रिपोर्ट आएको देख्छौं भने नेपालमा देख्दा के बिग्रियो?