२०८१ माघ ८, मङ्गलवार , ०६:१८:४३ बजे

Sajhamanch
'

डेंगु नियन्त्रणका लागि शिवसताक्षी नगरपालिकाले लामखुट्टेको बास स्थान नष्ट गर्ने अभियान चलाउने

शुक्रवार, साउन १९, २०८०

शिवसताक्षी । झापाका अधिकांश स्थानहरुमा डेंगुको संक्रमण बढ्दै गएका बेला प्रभावकारी रुपमा डेंगु नियन्त्रण गर्नका लागी शिवसताक्षी नगरपालिकामा एक दिवशीय अभिमुखीकरण गरेको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा डेंगु नियन्त्रण सम्बन्धी एक दिवशीय अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरणमा डेंगु प्रभावकारी रुपमा नियन्त्रण डेंगु बस्ने स्थान नै नष्ट गर्नु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन कुलबहादुर पौडेलले जानकारी दिए । एडिस जातको लामखुट्टेले घर वरी परी विभिन्न स्थानमा फ्याकिएको बट्टा, भाडाँ, टायर, अलकत्रको ड्रम वा कुनै पनि भाँडोमाथि सङ्लो पानी जमेको स्थानमा लार्भा उत्पादन गर्ने र लामाखुट्टे विकशित अवस्थामा डेंगु रोगलाई एकबाट अर्कोलाई सार्ने भएकाले प्रभाकारी रुपमा जमेको पानी हटाउन सके डेंगु नियन्त्रण गर्न सकिने पोकल पर्सन पौडेलले बताए ।

डेंगु नियन्त्रणका लागि विषादी वा विषादी युक्त धुँवा (फगिङ) छर्केर डेंगु नियन्त्रण नहुने भेक्टर कन्ट्रोल निरिक्षक कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्कर्मी जीवन चम्लागाईँले बताए । समाजमा विषादी र धुँवा छर्किने प्रचलन बढ्दै गएपनि डेंगु नियन्त्रणका लागि यो प्रभावकारी नुहने उनले बताए ।

डेंगु नियन्त्रण गर्न एडिस जातको लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु पर्ने हुन्छ । उनले भने, यसो गरियो भने मात्र हामीले छिट्टै डेंगु नियन्त्रण गर्न सक्छौं ।

अभिमुखीकरणमा गोष्ठीमा प्रभावकारी बोल्दै नगर प्रमुख मेगाहाङ्ग थोप्राले शिवसताक्षीमा पनि २ जना डेंगु भएका व्यक्ति फेला परेको बताए । उनले यसलाई अन्य समुदाय फैलन नदिनका लागि शिवसताक्षी नगरपालिकाले प्रत्येक वडाहरुबाट एडिस नामको लामुखट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाउने जानकारी दिए ।

उनले वडाहरुका प्रत्येक टोलबासीहरुलाई डेंगु नियन्त्रणका लागि अभियानमा जोडिन समेत उनले आग्रह गरेका छन् । विषादी छर्केर डेंगु नियन्त्रण नहुने भएका कारण नगरपालिकाले लार्भा उत्पादन गर्ने स्थान नष्ट गर्न लागेको उनको भनाई थियो । नगरपालिकाले आगामी सोमबारदेखि सबै स्वास्थ्य शाखाका कर्मचारीहरु, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई डेंगु नियन्त्रणका लागि परिचालन गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नेपालमा सन २००४ बाट देखिएको डेंगुले हालसम्म ८८ जनाको मृत्यु भईसकेको तथ्याङ्कमा उल्लेख छ । त्यस्ते नेपालमा हालसम्म सन २०२२ सम्ममा ५४ हजार ७ ८४ जना संक्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालयको डाटामा उल्लेख छ । सन २०२३ को हालसम्ममा ५ हजार ६८९ जना डेंगु संक्रमित भएका छन् ।

अभिमुखीकरणमा नगरका भित्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डेंगुका लक्षणहरु

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

१. टाउको दुख्ने

२. आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

३. ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

४. शरीरमा विमिरा आउने

५. वाकवाकी लाग्ने

६. पेट दुख्ने

७. नाक वा गिजाबाट रगत बग्ने

८. रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

कसरी बच्ने ?
डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु जस्तै: गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन ।

बाहिर वा लामखुट्टेले तोक्ने ठाउमा निस्कदा शरिर ढाकिने लुगा लगाउनुपर्छ ।
सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

शुक्रवार, साउन १९, २०८० | विविधा, समाज

सम्बन्धित खबर