
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ सर्वसाधरणको लागि खुला भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यस्तै, कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको सो सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरिरहेको छ।
उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओको लागि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन ३२ गतेसम्म लम्बिने जनाइएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल हो।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर मेरो सेयरु अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।