२०८१ फागुन २, शुक्रवार , १२:०६:१५ बजे

Sajhamanch
'

करेन्ट लागेर त्रिशूली जलविद्युत आयोजनाका कामदारको मृत्यु

आइतवार, साउन १४, २०८०

काठमाडौं । नुवाकोटको त्रिशूली जलिविद्युत आयोजनामा काम गर्ने एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरको गढी गाउँपालिका–७ घर भएका अन्दाजी ३९ वर्षीय भोजबहादुर खड्का रहेका छन् ।

काम गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएका उनको उपचारका क्रममा स्टार अस्पताल नुवाकोटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आमाछोदिङमो गाउँपालिका–१, हाकुमा रहेको जलविद्युत आयोजनामा काम गर्ने क्रममा शनिबार करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

आइतवार, साउन १४, २०८० | समाज

सम्बन्धित खबर