२०८१ पौष ८, सोमवार , ११:३७:५३ बजे

Sajhamanch
'

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध

आइतवार, साउन १४, २०८०

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त स्थानमा अहिले वर्षा भइरहेको र लेदो पनि बगिरहेको सो कार्यालयका सूचना अधिकारी चण्डेश्वर साहले जानकारी दिए । पहिरो पन्छाउन केही समय लाग्ने उनले बताए ।

“पानी धेरै परिरहेको छ, लेदो पनि आइरहेको छ,” उनले भने, “पानी पर्न कम भएपछि पहिरो पन्छाउन थालिनेछ ।”

पहिरो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा रहेको उनले जानकारी दिए । लेदो खसिरहेकाले सो स्थानमा सवारीसाधनको आवगमन ठप्प भएको उनले बताए ।

“सडक खुलाउन कति समय भनेर अहिले नै भन्न सकिँदैन । लेदो आइरहेको छ, यस्तो अवस्थामा सवारीसाधन चलाउन सम्भव हुँदैन ।”

सोही स्थानमा हिजो पनि केही समय सडक अवरुद्ध भएको थियो ।

आइतवार, साउन १४, २०८० | विविधा, समाज

सम्बन्धित खबर