२०८१ पौष ४, बिहिवार , ०९:४२:१० बजे

Sajhamanch
'

दूधे बजार अनुगमन, ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य बस्तु फेला

शुक्रवार, साउन १२, २०८०

शिवसताक्षी । शिवसताक्षीको दूधेमा दुधे बजार विकास समितिले बजार अनुगमन गरेको छ ।

दुधे बजार विकास समितिले कसैलाई सुचना नदिई छड्के बजार अनुगमन गरेको हो । बजार अनुगमनबाट धेरै मात्रा म्याद गुज्रिएका खाद्य सामाग्री भेटिएको दुधे बजार विकास समितिले जनाएको छ ।

दुधेबजारमा रहेका कराना, होटल, फलफुल लगायतका खाद्य बस्तु विक्री वितरण गर्ने पसलहरुमा अनुगमन गरेको थियो । म्याद गुज्रिएका खाद्य सामाग्रीहरु बजार समितिले जफत गरी समितिको कार्यालयमा राखेको दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।

बजार समितिले म्याद गुज्रिएका सम्बन्धित पसलले दुई दिन भित्र डिलरमा फिर्ता गर्ने व्यवस्था मिलाएमा उक्ता सामाग्री फिर्ता दिने र सो हुन नसके उक्त सामाग्री डिस्पोजल गर्ने अध्यक्ष थोप्राले जानकारी दिए ।

समितिले दुधे बजारका ३६ ओटा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा, कोक, रेडबुल, वियर, चिप्स, चक्लेट, पाउरोटी, विस्कुट लगायतका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको फेला परेको हो ।

अनुगमन बजार विकास समितिका पदाधिकारी, वडाध्यक्ष डिल्लीलाल फेम्बु, वडा सचिव नवराज घिमिरे र नगर प्रहरी र सरोकारवाला निकायहरुको संयुक्त टोलीले गरेको थियो ।

शुक्रवार, साउन १२, २०८० | समाज

सम्बन्धित खबर