![](https://sajhamanch.com/wp-content/uploads/2023/07/gold-sun-chadi_20200621105645.jpg)
काठमाण्डौ । सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गएको जेठ १९ गते सुनको भाउ १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।
यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।