शिवसताक्षी । झापाको कनकाई माइमा एक युवतीको शव फेला परेको छ । माइ नगरपालिका वडा नं. ८ इलाम घर भएकी १६ वर्षीय रमिला सेर्पाको शव रहेको प्रहरीले जनाएको छ ।
इलाम माई नगरपालिका ८ बाट मंगलवार विहानबाट हराएकी युवतीको शवलाई झापा शिवसताक्षी नगरपालिका १० टेक्रामा आज बुधवार विहान स्थानीयले माई खोलामा दाउरा झिक्न जाने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खेलाडीकै जर्सीमा रहेकी युवतीको हराएको स्थानबाट झण्डै १५ किलोमिटर तल नदिमा शव फेला परेको हो । मृतकको शवलाई पोस्ट म्याटमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । खेलाडीको जर्सीमै युवतीको शव फेला परेसगै थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।