शिवसताक्षी । शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले रोजगार संवाद गरेको छ । रोजगार सेवा केन्द्रले शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिहरुसँग अन्तर संवाद गरेको हो । शिवसताक्षी नगरपालिकाका क्षेत्र भित्रका नागरिकलाई न्युनतम रोजगारीका लागि कसरी अगाडी जान सकिन्छ भन्ने विषयमा अन्तर संवाद गरिएको शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ।
नगरपालिकाले रोजगारका लागि निजी क्षेत्रसँग जोड्नु पर्ने अन्तरसंवादका सहभागीहरुले बताएका छन् । ज्यालदारी रोजगारीका लागि विभिन्न तहमा छलफल गरी कामको वर्गिकरण गरेर छुट्याउन पर्ने नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए । काम गर्ने श्रमिकहरुलाई इमान्दारीताका साथ काम गर्ने वातावरण बनाउनु पर्ने र नगरभित्र निजी तथा सरकारी तरवरले गर्ने कस्ट्रसनका कामहरुमा नगरकै बेरोजगार भएर बसेका नागरिकलाई जोड्नु पर्ने नगर प्रमुख थोप्राको भनाई छ ।
वैदेशिक रोजगारीका फर्केका श्रमिकहरुको सीपको सम्मान गर्दै सीप अनुसारको काममा जोड्न सके परिणाम मुखी हुने बताइएको थियो ।
शिवसताक्षी नगरपालिकाले नगर बासीका लागि विभिन्न सीप मुलक तालिमहरु सञ्चालनल गर्दै आएको हुँदा उनीहरुले सिकेको सीपलाई पनि रोजगारमा जोड्न सके उनीहरुको जीवन स्तर उक्सिन सहयोग पुग्ने उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् । कतिपय महिलाहरुले अहिले पनि घर बनाउने काममा लागेको पाइएको छ । ती महिलाहरुलाई सीप सिकाई सरल किसिमको काम दिलाउन सक्ने वातावरण सृजना गर्ने खालका योजना बनाउनु पर्ने उनको जोड थियो ।
अहिले पनि नगर भित्र सञ्चालित विभिन्न कस्ट्रस्सनका कामहरुमा भारतिय कामदारहरु काम गर्दै आएका छन् । उनीहरुलाई विस्तापित गराई नगर भित्रका कामदार लाउन सक्ने वातावरण बनाउन पर्ने शिवसताक्षी नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले बताए । आफुमा सीप र इमान्दारीता भएमा मात्र विभिन्न क्षेत्रमा काम गर्न सजिलो हुने भन्दै उनले कामको वर्गिकरण गरी सीप अनुसारको काम दिनु पर्ने जानकारी दिए ।
२०७५ सालमा रोजगारीको हक सम्वन्धी ऐन आएपछि त्यसले परिकल्पना गरेको पालिका स्तरीय रोजगारीको क्षेत्रमा काम गर्छ भन्ने परिकल्पना गरे अनुसार स्थानीय तहमा रोजगारीका रोजगार सेवा केन्द्रले तथ्यांक संकलन भइरहेको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । अघिल्लो वर्षदेखि आन्तरिक रोजगारी, वैदेशिक रोजगारी र न्युनतम रोजगारीलाई निरन्तरता दिदै आएको संयोजक तिम्सिनाले बताए ।
कार्यक्रममा अधिकांश बक्ताहरुले रोजगारीका लागि आवश्यक पर्ने ज्ञान, सीप र तालिमहरु दिई, वडागत रुपमा रोजगारीको पहिचान गरी श्रमिकहरुलाई निजी क्षेत्रसँग जोडेर काम गर्न सके धेरै मात्रामा उपलब्धी हासिल हुने बताए ।