२०८१ पौष ८, सोमवार , ०९:३३:५१ बजे

Sajhamanch
'

नेताहरूलाई देखेर व्यंग्यले पनि लाज मान्छ : पौडेल

बुधवार, असार २७, २०८०

हास्य कलाकार राजाराम पौडेलले नेताहरूले व्यंग्यलाई गम्भीर रूपमा नलिने गरेको बताएका छन् । कलाकारको व्यंग्य सुने पनि नेताहरूले त्यसलाई गम्भीर रूपमा लिने नगरेको पौडेलको भनाइ छ ।

“हामीसँग भेट्दा शीर्ष नेताहरू तपाईंहरूका कार्यक्रम हेर्छु भन्नुहुन्छ । तर, यसलाई उहाँहरू गम्भीर रूपमा लिनुहुन्न,” राजाराम  भन्छन्, “बरु उहाँहरूलाई देखेर व्यंग्य आफैँ लजाउँछ होला तर नेताहरूलाई लाज लाग्दैन ।”

यद्यपि, व्यंग्यले सधैँ काम नगर्ने भन्ने नरहेको उनी बताउँछन् । हास्यव्यंग्यकै कारण केही राजनीतिक निर्णय र सुधार भएको राजारामको भनाइ छ ।“मोहियानीको ठूलो समस्या थियो । त्यो समय महजोडीको टेलिचलचित्र लालपुर्जा आयो । त्यो टेलिसिरयल आएपछि मोहियानी सम्बन्धी कानुन बन्यो,” राजाराम भन्छन्, “कानुन बनेपछि मोहियानीको समस्या धेरै हटेको थियो । केही सुधार भने हास्यव्यंग्यकै कारण भएको पनि छ ।”लाज, सरम र इमान भएको नेताले मात्रै व्यंग्यलाई मनन् गरेर त्यसलाई कार्यान्वनमा जाने तर नैतिकता र जिम्मेवारीबाट पन्सिनेहरूलाई भने व्यंग्यले खासै अर्थ नराख्ने उनको अनुभव छ ।“नेताहरू बेइमान नै परे भने त कसैको केही लाग्दैन,” उनी भन्छन् ।

सम्बन्धित खबर