२०८२ कार्तिक १०, आइतवार , ०४:५१:४३ बजे

Sajhamanch
'

करेन्ट लागेर एक महिलाको मृत्यु

आइतवार, असार २४, २०८०

काभ्रे। करेन्ट लागेर काभ्रेपलान्चोकमा एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेथानचोक गाउँपालिका-४ स्थित राईडाँडाकी ६५ वर्षीया मैना कोइराला रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।

शनिबार दिउँसो १ बजेतिर मकैबारीमा घाँस काट्न जाँदा बदेलको लागि थापेको पासोमा करेन्ट लागि कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। कोइरालाको घटनास्थलमै मृत्यु हो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खबर