अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घरको भर्याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ताम्राकार मृत अवस्थामा भेटिएको जनाइएको छ । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
उनले आत्महत्या गर्नुको कारणबारे नखुलेको र अनुसन्धान कार्य भैरहेको समेत प्रवक्ता रिजालले जनाए । फिल्म रानीबाट अभिनय करिअर थालेका सारुकले मेरी मामु र इन्टु मिन्टु लण्डनमा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।