२०८१ माघ ५, शनिवार , ०९:३५:१५ बजे

Sajhamanch
'

महिलाहरुलाई आत्मनिर्भर बनाउन वातावरण मैत्री झोला बनाउने तालिम

बिहिवार, असार ७, २०८०

शिवसताक्षी । शिवसताक्षी वडा नं. ५ का विपन्न महिलाहरुलाई वातावरण मैत्री झोला बनाउने तालिम दिइएको छ ।

वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि वडा कार्यालयले झोला बनाउने तालिम दिएको हो । प्लाष्टिजन्य पदार्थबाट बनाइएको झोला प्रयोग गर्दा नकुहिने भएकाले वातावरणमा असर पर्ने देखिएकाले कागजको कपडाबाट झोला बनाउने तालिम दिएको वडाध्यक्ष सिकिन पाश्वानले जानकारी दिए ।

शिवसताक्षीको दक्षिण ग्रामिण क्षेत्रका अधिकांश महिलाहरु चुला चौकामै दिन विताउने गर्दछन् । वडाध्यक्ष पासवानले भने, आफुसँग सीप नहुँदा बाहिर आएर कुनै पनि गर्न नसक्ने भएकाले उहाँहरुलाई आत्म निर्भर बनाई आय आर्जन गर्न सक्ने बनाउनका लागि तालिमको आयोजना गरिएको हो । तालिममा विपन्न, दलित, आदिबासी महिला गरेर ४० जना सहभागी तालिममा सहभागी भएका हुन् ।

वडा कार्यालयमा आयोजित पाँच दिवशीय तालिमको आज समापन गरिएको शिवसताक्षी ५ को वडाकार्यालयले जनाएको छ ।