२०८१ पौष ७, आइतवार , ०८:४६:३८ बजे

Sajhamanch
'

भोज खाएका २७ जना विरामी

बुधवार, जेठ ३१, २०८०

मेचीनगर । मेचीनगर नगरपालिका–९ मा न्वारानको भोज खाएका २७ जना स्थानीयवासी विरामी परेका छन् । हाल उनीहरु सबैको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।

उनले भने अनुसार मेचीनगर–९ माथिल्लो मागुरमाडी निवासी गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खाएका मध्ये अधिकांश विरामी परेका छन् । उनीहरुलाई बान्ता हुने, कामज्वरो आउने, झाडापखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । सोमबार साँझ भोज खाएका उनीहरुलाई सोही दिन राति नै अस्पताल भर्ना गरिएको थियो । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ ।

विरामी परेका सबैको निस्शुल्क औषधिको व्यवस्था गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । शाखा प्रमुख सविता सापकोटाले नगरकै समन्व्यमा उपचार भइरहेको बताए । “फुड पोइजन भएको हो”, उनले भने, “गर्मीमा खानेकुरा चाँडै बिगिन्छ ।”

सम्बन्धित खबर