२०८१ मंसिर १०, सोमवार , ०४:५४:४७ बजे

Sajhamanch
'

वडाध्यक्ष खुलालले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा

मङ्गलवार, जेठ ३०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ ।

वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले रचेको भूगोलसहितकोे तस्बिर आफ्नो कार्यकक्षमा राखेका हुन ।

यस अघि महानगर पालिका काठमाण्डौका मेयर बालेन्द्र शाहले ग्रेटर नेपालको नक्शा आफ्नो कार्यकक्षमा राखेका थिए । पछिल्लो समय देश विभिन्न स्थानीयतहहरुमा ग्रेटर नेपालको नक्शा राख्ने प्रचलन बढेको छ ।

भारतको नयाँ संसद भवनमा नेपाली भूमिसहितको ‘अखण्ड भारत’ को नक्सा राखेपछिको बहसले माहौल तताइरहेका बेला शिवसताक्षी नगरमा पहिलो पल्ट ग्रेटर नेपालको नक्शा राखिएको हो ।

भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको तस्बिर राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ।

मङ्गलवार, जेठ ३०, २०८० | जिल्ला समाचार, समाज

सम्बन्धित खबर