प्युठान । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ७ जनाको सनाखत भएको छ। स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा लु १ च ६३४५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ भेतुके भन्ने ठाउमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा जिपचालक लमही नगरपालिका-५ का तारा कुमाल, लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको प्युठान प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।
मृतकमा तुल्सीपुर-१५ कोठरीका ३५ वर्षकी सरिता शर्मा पोखरेल, उनका छोराहरु १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल रहेका छन्। अर्का एक करिब ११ वर्षीय बालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
मृतकहरुको शव जिल्ला अस्पताल प्युठानमा राखिएको छ।