२०८१ पौष ७, आइतवार , ०७:३५:०८ बजे

Sajhamanch
'

झापाको धरमपुरबाट एक बृद्ध आमाको उद्धार गरी बृद्धा आश्रम पठाइयो

मङ्गलवार, जेठ ९, २०८०

शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्कीको पहलमा बेवारिसे वृद्ध नरमाया थापाको उद्धार गरि विर्तामोड स्थित वृद्ध आश्रममा पठााइएको छ ।

शिवसताक्षी नगरपालिका –१ धरमपुरबाट उद्धार गरी उनलाई बृद्धाश्रम पठाइएको हो । स्थानीय मेरिना कार्कीको घरमा पाँच दिनदेखि बस्दै आएकी वृद्ध आमालाई गाँस सबैले दिए पनि बाँस दिन आफन्तहरुले अफ्ट्यारो मानेपछि आफूलाई वृद्ध आश्रममा पुर्‍याइदिन आग्रह गरेको मेरीना बताइन् ।

बृद्ध आमाकी माइती अधिकारी हुन्।जन्म ताप्लेजुङमा भएको र विवाह आसामको डिम्मपुर भएपनि जायाजन्म नभएपछि सबैले हेला गरे र मैले धेरै वर्ष अघि नै विवाह भएको घर छोडेको स्वयम आमाले बताइन् ।

बुढेसकालमा सन्तान पनि छैनन् , नागरिकता नभएपछि भत्ता खान नपाएको बताउने वृद्ध आमाले आफू कति बर्षकी भएँ भन्ने पनि थाहा नभएको जानकारी दिइन् ।

मानिसकोे बाँच पाउने अधिकार जहिले पनि रहन्छ त्यसमा पनि ज्येष्ठ नागरिक संरक्षण गर्नु हामी सबै सचेत नागरिकको कर्तव्य भएको नगर उप–प्रमुख कार्कीले बताइन् ।नागरिकता नभएकै कारण बर्षौदेखि नेपालमा बस्दै आएपनि सामाजिक सुरक्षा भत्ताबाट बञ्चित वृद्ध आमा साच्चै साहारा बिहिन भएको कार्कीले जानकारी दिइन् ।

नगर उप(प्रमुख नरमाया कार्की ,शिवसताक्षी १का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङ र वडा सदस्य नारायणप्रसाद रिजालको रोहवरमा आज विर्तामोडको वृद्ध आश्रममा संरक्षण गर्न उक्त बृद्ध आमालाई लगिएको बताइएको छ ।

मङ्गलवार, जेठ ९, २०८० | समाज

सम्बन्धित खबर