२०८१ कार्तिक २, शुक्रवार , ०९:५२:३३ बजे

Sajhamanch
'

शिवसताक्षीको झिलझिलेमा भ्रष्टचार विरुद्ध एकेबद्धता

बुधवार, जेठ ३, २०८०

शिवसताक्षी । शिवसताक्षीमा नेकपा माओवादी केन्द्र शिवसताक्षी र सम्बद्ध जनवर्गिय संगठनहरुले भ्रष्टचार विरुद्ध खबरदारी कार्यक्रम गरेको छ ।

बुधबार साँझ शिवसताक्षी झिलझिलेमा भ्रष्टचार विरुद्ध ऐक्यबद्धता र खबरदारी हाम्रो जिम्मेवारी भन्ने नाराका साथ कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भट्टराई सबै भ्रष्टारीहरुलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने सरकार समक्ष माग गरेका छन् । देश भ्रष्टचारको जन्जाल चुलुम्ब डुबेको र यस्ता भ्रष्चारमा सम्लग्न जो कोहीलाई पनि संरक्षण गर्न नहुने उनले बताए । हामीले विगत देखि हेर्दै आएको छौ । उनले भने, भष्ट्रचारीहरुको नाम आउँछ र विभिन्न बहाना त्यसलाई उन्मुक्ती दिइन्छ । अब भष्ट्राचारमा नाम जोडिएका शिर्ष नेता तथा कर्मचारीहरुलाई कार्वाही गर्न सरकार दरो भएर लाग्नु पर्ने उनको भनाई थियो ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य एनपि लामिछानेले भ्रष्टचार विरुद्ध सरकारलाई ठाउँ ठाउँबाट खरदारी गर्नु पर्ने बताए । उनले विगतदेखिका भ्रष्टचारका फाइल खोलेर त्यसमा संलग्न सबैलाई र्कावाहीको दायरामा ल्याउनु पर्ने बताए ।
कार्यक्रममा भष्ट्रारको विरुद्ध मोबाइल बालेर फोकस लाइट समेत गरिएको छ ।

भ्रष्टचार विरुद्ध नेकपा माओवादी केन्द्रले एकै समयमा झापाको दमक, विर्तामोड, भद्रपुर लगायतका स्थानमा कार्यक्रम गरेको छ ।

सम्बन्धित खबर