शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले खरिद प्रकृया बढाएको शववाहन नगरपालिका कार्यालयमा आइपुगेको छ । नगरपालिकाले नगरमा कसैको मृत्यु भएमा निशुल्क रुपमा घाटसम्म पुर्याउनका लागि शववाहन खरिद गर्ने निर्णय गरेको थियो ।
नगरपालिका भित्र अझै पनि अति विपन्न परिवारमा कुनै सदस्यको मृत्यु भएमा बोकेरै घाटसम्म लैजाने बाध्यता रहेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरका नागरिकको आवश्यक्तालाई महशुस गरी शववाहन ल्याएको जानकारी दिए ।
शववाहन लामो समयको प्रतिक्षा पछि आइपुगेको छ । उनले भने, शववाहनको भित्री भागमा केही काम गर्न बाँकी छ । करिब एक हप्तामा सो कार्यपूरा भएपछि कार्यविधि बनाएर शववाहन सञ्चालन गरिने छ ।
नगरपालिकाले महेन्द्र कम्पनीको शववाहन ११ लाख २७ हजारमा आइपुगेको लेखा अधिकृत प्रकाश योङ्गहाङले जानकारी दिए । उनले नेपाल सरकारबाट कर छुट गरेर उक्त रकममा ल्याइएको बताए । नगरपालिकाले टेन्डर खरिद प्रकृयामार्फत नै शववाहन ल्याएको हो ।
यस अघि नगरपालिकाले नगरबासीको जनधनको क्षतिहुनबाट जोगाउन दमकल ल्याएको थियो ।