२०८१ पौष २७, शनिवार , ०५:४८:०९ बजे

Sajhamanch
'

शिवसताक्षी ४ का महिला स्वास्थ्य सेवीकालाई साइकल वितरण

मङ्गलवार, वैशाख २६, २०८०

शिवसताक्षी । झापाको शिबसताक्षी–४ का महिला स्वयमसेवीकाहरुलाई यातायातका लागि साइकलन वितरण गरिएको छ। शिवसताक्षी ४ वडा कार्यालयले वडाका पाँच जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल वितरण गरेको हो ।

जनता बजारमा अवस्थित वडा कार्यालयले एक कार्यक्रमका बीच वडा भित्रका पाँच जना महिला स्वास्थ्य सेविकाहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्राले एक–एक थान साइकल प्रदान गरेका थिए ।

साइकल वितरणका क्रममा बोल्दै नगरप्रमुख थोप्राले अत्यन्त सम्बेदनशील स्वास्थ्य क्षेत्र पर्ने भएकाले यहाँका स्वयमसेवक महिलाहरुलाई उहाँहरुको अवस्था हेरेर साइकल वितरण गरिएको र यसले स्वयमसेवीकाहरुलाई यातायातमा सहज हुने बताए । उनले साइकल वितरण गरेपछि स्वास्थ्य सेवीका महिलाहरु यो गर्मीमा हिडेर विरामीसम्म पुग्न सहज हुने भएको बताए । यसले विरामीको सेवालाई अझ प्रभावकारी र छिटो सेवा पु्याउन सहज हुने उनको भनाई थियो ।

साइकल वडाले नगरले पठाएको शिलिङ बजेटबाट खरिद वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए ।

शिबसताक्षी–४ मा साविकको पाँचगाछी गाविसका ५ वटा वडाहरु छन् । उनीहरुले आफ्नो कार्यक्षेत्रमा काम गर्न सहज बनाउन साइकल उपलब्ध गराइएको वडा अध्यक्ष बिष्णु प्रसाईले जानकारी दिए ।

सो क्रममा वडा अध्यक्ष प्रसाईले साइकल बितरणपछि महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई बधाई दिए । साथै, आफ्नो कार्यक्षेत्रमा निरन्तर काम गर्न र आगामी दिनमा वडाको बजेटबाट थप कार्यक्रमहरुका साथ साथ र सहयोग गर्न सकिने बताए ।

यता, साइकल पाएपछि वडा भित्रका महिला स्वास्थ्य स्वयम् सेविकाहरु हर्षित छन् । उनीहरु स्वास्थ्य कार्यालयबाट वडाभित्र सञ्चालन भएका पोलियो थोपा, भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम लगायत बालबालिका र महिलाहरुको निम्ति विभिन्न खोप कार्यक्रममा सहभागी हुन्छन् ।

सम्बन्धित खबर