२०८२ वैशाख २३, मङ्गलवार , ०८:५७:४७ बजे

Sajhamanch
'

शिवसताक्षी ११ मा पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन, सहयोगी दाताहरु सम्मानित

शुक्रवार, वैशाख २२, २०८०

शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षी ११ मा शिवसकंर धार्मिक एकता समाजले निर्माण गरेको पुष्करेश्वर शिवालय मन्दिरको उद्घाटन गरिएको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले विहीबार सो मन्दिर उद्घाटन गरेका हुन् । मन्दिरमा शिवको मुर्तिको प्राण प्रतिस्थापन समेत गरिएको पुष्करेश्वर शिवालय मन्दिरले जनाएको छ।

स्थानीय शुभद्रा खनालले आफ्ना पति पुन्यप्रसाद खनालको स्मृतिमा २१ धुर जग्गा निशुल्क रुपमा मन्दिरलाई उपलब्ध गराएपछि स्थानीय शिवलाय मन्दिर बनाउन जुटेको पुष्करेश्वर शिवालय मन्दिरका अध्यक्ष पुष्पलाल दंगालले जानकारी दिए । उनले भने, स्थानीय सुभद्रा खनाल लगायत उहाँका परिवारले पतिको स्मृतिमा जग्गा दान गरेका हुन् । हाल स्वयम शुभद्रा खनालको पनि देवहसान भइसकेको छ । उनका अनुसार मन्दिर परिसरमा जग्गादाता पुन्यप्रसाद खनालको अर्धकदको शालिक निर्माण गरिएको छ भने, अब उनी श्रीमति शुभद्रा देवी खनालको पनि शालिक निर्माण गरिनेछ ।

कार्यक्रममा नगर प्रमुख थोप्राले समाजलाई एकताको सुत्रमा बाँधेर सही बाटोमा डोर्याउनका लागि आध्यात्म र धार्मिक आस्थाको ठूलो भूमिका रहेको बताए । समाजमा विभिन्न जात जातिहरुको बसोबास छ ।त्यसैले सबैमा आ–आफ्ना संस्कृति र धार्मिक आस्थाहरु रहेका छन् । धर्मले मानिसमा ज्ञान, आचरण र संस्कारको विकास गरिहेको उनको भनाई थियो ।

स्थानीय बासी, स्थानीयतह र विभिन्न दाताहरुको सहयोगमा मन्दिर परिसरमा कम्पाण्ड वाल, प्रसाद ग्रहण गर्ने स्थान र शिवको मन्दिर निर्माण गरिएको छ । हालसम्म उक्त स्थानमा १० लाख खर्च भइसकेको बताइएको छ ।

कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । मन्दिरमा नगद तथा जिन्सी सामाग्री प्रदान गर्ने दाताहरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ११ वडाध्यक्ष बहादुर आङ्गबो, वडा सदस्यहरु प्रेम भुजेल, पर्शुराम अधिकारी लगायत स्थानीय कीर्तन मण्डलीहरुका अध्यक्ष, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए भने, कार्यक्रमका सञ्चालन मन्दिरका सचिव नारदप्रसाद दवाडीेले गरेका थिए ।

शुक्रवार, वैशाख २२, २०८० | विविधा, समाज

सम्बन्धित खबर