२०८१ कार्तिक १, बिहिवार , ०७:३२:५८ बजे

Sajhamanch
'

धरमपुर साकोसको स्थापना दिवस, ३८८ जनाको आँखा परिक्षण

बुधवार, वैशाख २०, २०८०

शिवसताक्षी । धरमपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औ स्थापना दिवसको अवसरमा आँखा शिविर सञ्चालन गरेको छ ।

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा शिवसताक्षी –२, मंगलबारेमा आँखा शिविरको आयोजना गरिएको हो। शिविरमा ९० बर्षिया शान्तिदेवी अधिकारीको आँखा परिक्षणबाट शिविरको शिविरको उद्घाटन गरिएको थियो ।

शिविरबाट २सय १०जना महिला र १सय ७८जना पुरुष गरि जम्मा ३सय ८८जना बिरामीहरूले आँखाको परिक्षण गराएको धरमपुर साकोस व्यवस्थापक तथा मेनेजर क्लब शिवसताक्षीका अध्यक्ष विनोद ढकालले बताए ।

शिविरमा १५४ थान चस्मा २सय रुपैयाँप्रति गोटा प्रदान गरिएको साथै १५ जना मोती बिन्दु लागेका आँखाका रोगीहरुको अप्रेसन गरिएको साथै शिविरमा ३०हजार बराबरको औषधि संस्था द्वारा निःशुल्क वितरण गरिएको ढकालले बताए ।

आम नागरिकलाई सहज वातावरणमा आँखाको चेक जाँच गरी आफ्नै घरआँगनमा डाक्टर कल्पना कार्की कडरियाको नेतृत्वमा ८ सदस्यीय आँखा विशेषज्ञ टोलीमार्फत उपचार गराइएको थियो ।

बुधवार, वैशाख २०, २०८० | विविधा, सहकारी

सम्बन्धित खबर