२०८१ कार्तिक १, बिहिवार , ०६:३०:४८ बजे

Sajhamanch
'

अन्तराष्ट्रिय श्रमिक दिवसः शिवसताक्षीका श्रमिकलाई झुल वितरण

सोमवार, वैशाख १८, २०८०

शिवसताक्षी । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शिवसताक्षीमा रहेको शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।

झापाको शिवसताक्षी ११ झिलझिलेमा एक कार्यक्रमको आयोजना गरी शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले श्रमिक दिवस मनाएको हो ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सांसद लालप्रसाद साँवा र प्रदेश सांसद राधाकृष्ण खनालले कार्यक्रमको उद्घाटन गरेका हुन् । शिवसताक्षी नगर भरीका विभिन्न निर्माण व्यवसायी सँग सम्लग्न मजदुरहरुलाई कार्यक्रममा किटनासक झुल समेत वितरण गरिएको छ। प्रतिनिधि सभा संसाद लालप्रसाद साँवाको सहयोगमा १०० श्रमिकलाई झुल वितरण गरिएको शताक्षी स्वतन्त्र मजदुर व्यवसायी संघले जनाएको छ । श्रमिकहरुलाई प्रतिनिधिसभा साँवा र प्रदेश सांसद खनालले झुल वितरण गरका थिए ।

कार्यक्रममा मजदुरहरुका हितका निम्नि नेपाल सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने निर्णय गरेर कार्यान्वयनको क्रममा रहेको सांसद साँवाले बताए । श्रमिकहरु विना कुनै पनि काम गर्न सकिदैन । सांसद साँवाले भने, श्रमिकहरुको सुरक्षा, अन्य सुविधाहरुको ग्यारेन्टी सरकारले गर्नु पर्छ ।

त्यस्तै प्रदेश सांसद खनालले आदिम साम्यवादी समाजमा श्रम उपभोग मुखी, दासित्व मुखी हुँदै हाल आएर उत्पादन मुखी भएको बताए । श्रमिकहरु इतिहास हुन् उनले भने, श्रमिकले निर्माणको काम रोकिदिने हो भने, कही कतै केही बन्दैन । त्यस्तै श्रमिकहरुको जहाँ जहिले पनि सम्मान गर्नु पर्छ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, सतासीधाम जेसीजका अध्यक्ष निर्मला प्रधान, झिलझिले माध्यमिक विद्यालयका  अध्यक्ष पर्शुराम ढुंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन मिलन राईले गरेका थिए ।

सोमवार, वैशाख १८, २०८० | विविधा, समाज

सम्बन्धित खबर