२०८१ कार्तिक २, शुक्रवार , ०२:४०:२७ बजे

Sajhamanch
'

शिवसताक्षीमा बालबालिकालाई हुने अटिजम सम्बन्धि कार्यक्रम

मङ्गलवार, वैशाख १२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवशीय अटिजम अवार्डनेस कार्यक्रम गरिएको छ । ओपटिमिट क्लब अफ शिवसताक्षीले दूधेमा बालबालिकामा पछिल्लो समय देखिने गरेको अटिजम सम्वन्धि सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा बालबालिका अभिभावकहरुलाई सहभागी गराई बालबालिका हुने अटिजमको लक्षण र त्यसको समाधानको उपायहरुको बारेमा सचेतना गराइएको थियो ।

कार्यक्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले सामान्यतय बालबालिका देखिने गरेको र त्यसको पहिचान हतपत्त नदेखिने भएकाले अटिजम हो भन्ने पत्ता लगान नै गाह्रो हुने बताए । उनले पछिल्लो समय मानिसहरु अति व्यस्त हुने भएकाले पनि बालबालिका मनोविज्ञान नबुझ्ने र त्यसको असर पर्दा यस्ता रोगहरु बढ्ने खतरा हुने जानकारी दिए । यसका लागि बालबालिकाले भन्दा पनि अभिभावकले यस्ता जानकारी लिन आवश्यक रहेको उनको भनाई थियो ।

त्यस्तै नगर उपप्रमुख नरमाया कार्कीले अहिलेका बालबालिकाहरु कम खेल्ले र मोबाइलहरुमा बढी सक्रिय रहने भएकाले पनि बालबालिकाहरुमा विभिन्न रोगहरुको समस्या देखा पर्न थालेको बताइन् । आफ्ना अभिभावकहरुले बालबालिकालाई पर्यात समय दिन नसक्दा पनि अहिले आएर नानीहरुमा समस्या देखिन थालेको उनको भनाई थियो ।

मस्तिष्क र स्नायुकोषहरूको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषहरूको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसीप र कल्पनाशक्तिको विकासमा असर पुग्ने कार्यक्रमकी सहजकर्ता अटिजम विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीले जानकारी दिइन् ।

जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । बौद्धिक अपांगता वा अटिजम कुनै रोग होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारको रूपमा देखिने उनको भनाई थियो ।

कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नं. ११को होटल हाइजेनिकमा भएको कार्यक्रमको अध्यक्षता ओपटिमिट क्लब अफ शिवसताक्षीका अध्यक्ष भिम बोहोराको अध्यक्षमा भएको थियो । कार्यक्रमको सञ्चालन महेश लामिछानेनले गरेका थिए ।

मङ्गलवार, वैशाख १२, २०८० | विविधा, समाज

सम्बन्धित खबर