२०८१ मंसिर ११, मङ्गलवार , ०४:३३:५५ बजे

Sajhamanch
'

भारतले घटायो नेपाललाई दिने वार्षिक अनुदान

मङ्गलवार, माघ १८, २०७८

एजेन्सी, भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान रकम घटाएको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको भारतको युनियन सरकारको २०२२/२०२३ को बजेटमा नेपाललाई यस वर्ष भारु सात अर्ब ५० करोड ९१२ अर्ब रुपैयाँ० अनुदान दिने उल्लेख गरिएको छ।

सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु ९१५ अर्ब ८७ करोड रुपैयाँ० अनुदान छुट्याएको थियो।

कुनलाई कति ?

छिमेकीलाई दिने अनुदानमा यो वर्ष भारतले हेरफेर गरेको छ।

यसअनुसार मौरिसस र श्रीलंकाको गतवर्षजति नै अनुदान दिएको भारतले भुटान, अफगानिस्तान र नेपाललाई दिने अनुदान कटौती गरेको छ।

मौरिससले यस वर्ष पनि ९ अर्ब भारु र श्रीलंकाले २ अर्ब भारु पाउनेछन भने अघिल्लो वर्ष ३० अर्ब पाएको भुटानले यो वर्ष २२ अर्ब ६६ करोड, अघिल्लो वर्ष साढे ३ अर्ब भारु पाएको अफगानिस्तानले यो वर्ष २ अर्ब भारु र अघिल्लो वर्ष ९ अर्ब ९२ करोड भारु पाएको नेपालले यो वर्ष साढे ७ अर्ब भारु पाउने भएका छन्।

यता अघिल्लो वर्ष २ अर्ब भारु पाएको बंगलादेशले यो वर्ष ३ अर्ब, अघिल्लो वर्ष साढे २ अर्ब भारु पाएको माल्दिभ्सले यो वर्ष ३ अर्ब ६० करोड, अघिल्लो वर्ष ४ अर्ब पाएको म्यानमारले ६ अर्ब र अघिल्लो वर्ष २ अर्ब मात्रै पाएको मंगोलियाले यो वर्ष १२ अर्ब भारु पाउने भएको छ।

सम्बन्धित खबर