२०८१ कार्तिक १, बिहिवार , ०५:४५:५७ बजे

Sajhamanch
'

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेट

सोमवार, माघ १७, २०७८

काठमाडौं, प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ । पछिल्लो समय अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि गठबन्धनमा उठ्दै आएको छ ।

तर, आजको भेटवार्तामा राजनीतिक विषयमा छलफल भएको शर्माले बताए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच बिहान साढे १० बजे भेटवार्ता भएको थियो ।

सम्बन्धित खबर