२०८१ असोज ३, बिहिवार , ०७:३०:४७ बजे

Sajhamanch
'

बीपी प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

आइतवार, माघ १६, २०७८

धरान, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका एक जनाको शनिबार राति र अर्का एक जनाको आइतबार बिहान मृत्यु भएको हो ।

१४ माघमा कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना भएका सप्तरीको राजविराज-१५ का ७५ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार राति ११ बजेतिर मृत्यु भएको हो । उनले कोरोनाविरुद्धको दुवै खोप लगाएको प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै १० माघमा कोरोना पुष्टि भएपछि सोही दिन प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका झापाको बुद्धशान्ति गाउँपालिका-२ का ७० वर्षीय पुरुषको आइतबार बिहान साढे पाँच बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।

सम्बन्धित खबर