२०८२ वैशाख ७, आइतवार , ०३:०४:५५ बजे

Sajhamanch
'

सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित

शनिवार, माघ १५, २०७८

काठमाडौ, सत्तारुढ राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । शनिबार कृष्णराज पौडेलको नेतृत्वमा नयाँ पार्टी गठन भएको हो ।

मोहनविक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांँग्रेसको पिछलग्गु बनाएको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टी गठन गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई केन्द्रीय समन्वय समितिको अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन् ।

महासचिवमा लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की चयन भएको बताइएको छ । विशेष राष्ट्रिय भेलाले ५१ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरेको छ ।

सम्बन्धित खबर