पोखरा, आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ।
शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा पेनाल्टीमार्फत् मनाङ मर्स्याड्दी क्लवलाई ५-३ गोलले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।
निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेलमा दुवै टोलीले दुई-दुई गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट विजेता छनोट गरिएको हो।
एपीएफले पहिलोपटक आहारा रारा गोल्डकपको उपाधि जितेको हो।