२०८२ मंसिर ९, सोमवार , ०९:२२:५० बजे

Sajhamanch
'

चितवनबाट फरार बन्दी झापामा पक्राउ

सोमवार, मंसिर ९, २०८२

झापा ।  जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका बन्दी झापामा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए।प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए ।पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

सम्बन्धित खबर