२०८२ मंसिर ६, शुक्रवार , १०:१६:१० बजे

Sajhamanch
'

सिमराको अवस्था सामान्य बन्दै

शुक्रवार, मंसिर ६, २०८२

काठमाण्डौ । अस्ति बुधबारदेखि अशान्त बनेको बाराको सिमरा हिजो बेलुकादेखि सामान्य अवस्थामा फर्कन थालेको छ । एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएपछि अस्ति र हिजो दिनभरजसो सिमराको अवस्था तनावग्रस्त थियो । एमाले कार्यकर्ताले आफूहरूमाथि कुटपिट गरेको भन्दै जेनजी युवाहरूले हिजो पनि कर्फ्युकाबीच प्रदर्शन गरे ।हिजो दिउँसो प्रहरी र जेनजी प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार हिजो बेलुकादेखि पथलैया– वीरगन्ज सडकखण्डमा गाडीहरू गुड्न थालेका छन् । जेनजी प्रदर्शनकारीहरूले सडक खाली गरेपछि गाडीहरू गुड्न थालेका हुन् । सिमरामा हिजो पनि बेलुकी ८ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

शुक्रवार, मंसिर ६, २०८२ | समाज

सम्बन्धित खबर