
अमृता र शिरिष साथीको घरमा खाना खान गएका थिए । गफैगफमा हाँसो र ठट्टाको किस्सा पनि सुरु भयो ।
जब खाजाको समय आयो, शिरिषले ठट्टा गर्दै भने, ‘भाउजू घरको सम्पूर्ण काम एक्लै भ्याउनुहुन्छ । तर, हाम्री अमृतालाई हेर्नुहोस् न, उसलाई आनन्द छ । केही गर्दिनन् । सबै काम मलाई नै लाउँछिन्।’यो सुन्दा सबै गललल‘।हाँसे । तर नताशा चुपचाप बसिरहिन् । उनलाई त्यो टिप्पणी मजाक जस्तो लागेन, त्यो भनाइ गम्भीर आरोपजस्तो लाग्यो ।
उनले अध्याँरो मुख लगाइन् । किनकी, सबै काम उनी आफैँ गर्ने भएकाले अरुलाई हसाउन बोलिएको त्यो कुराले उनी निराश भइन् ।मात्र अरूलाई हँसाउन वा वातावरणलाई हल्का पार्न यस्तै खालका कतिपय वाक्य सोच्दै नसोची आफ्नो पार्टनरबारे अरुको अगाडि बोल्दा कहिलेकाहीँ सम्बन्धमा खटपट आउनसक्छ । यसरी गरिएको मजाकले अर्को व्यक्तिलाई धेरै किसिमले चोट पुर्याउन सक्छ ।
त्यसैले, हाँसोको माहौल बनाउनका लागि यस्ता हुरा बोल्नुअघि ठट्टा र खिसीबीचको फरक बुझ्न आवश्यक छ ।
ठट्टा र खिसीबीच के छ फरक ?
हाँस्न, मुस्कुराउन र जीवनलाई सजिलो बनाउन हसीमजाक पनि महत्वपूर्ण छ । तर त्यस्तो हसीमजाक पनि होइन जसले कसैलाई चोट पुर्याएर सम्बन्धमा तितोपन ल्यायोस् ।
तर, अधिकांश जीवनसाथीले आफ्नो निजी कुरालाई लिएर सार्वजनिक ठाउँमा पनि एक(अर्काको बारेमा यस्ता कुराहरू भन्छन्, जुन त्यतिबेला मजाक जस्तो लाग्न सक्छ । तर त्यही कुराले सम्बन्धमा हुने सम्मानको दायरा घटाउँछ । यो ठट्टाले जीवनसाथीको आत्मसम्मानमा चोट पुर्याउन सक्छ ।
ठट्टा भनेको हल्का मजाक वा रमाइलो कुरा हो, जसले कसैलाई ठेस नपुर्याई हाँसो र आनन्द ल्याउँछ । यसको उद्देश्य रमाइलो गर्नु हो, न कि कसैलाई चोट पुर्याउन।
कसैको कमजोरी वा कमीमाथि व्यंग्य गर्नु खिल्ली उडाउनु वा खिसी गर्नु हो । यो कटाक्षपूर्ण वा अपमानजनक मजाक हो, जसले कसैलाई लज्जित, दुस्खी वा हीन बनाउने नियत राख्छ । खिल्ली उडाउनु र ठट्टाबीच अन्तर गर्न नसक्दा सम्बन्ध चिसिन पनि सक्छ ।
एउटा मजाकले सम्बन्धलाई कमजोर पार्न सक्छ
विश्वास कमी
जब पति-पत्नीले सार्वजनिक रूपमा एक(अर्काको निरन्तर मजाक उडाउँछन्, आपसी सम्मानलाई कमजोर बनाउन सक्छ । यसले अर्को व्यक्तिलाई लज्जित महसुस गराउन सक्छ । बनिरहेको विश्वास भत्किन बेर लाग्दैन ।
आत्मविश्वासमा कमी
जब कसैको रूप, बुद्धि वा अन्य संवेदनशील पक्षहरूमा बारम्बार मजाक उडाइन्छ, त्यो व्यक्तिले आफुलाई मूल्यहिन महसुस गर्न सक्छ । समय बित्दै जाँदा यसले आत्मविश्वासमा असर पार्न सक्छ ।
सम्बन्धमा नकारात्मकता
परिवारमा वा सार्वजनिक रूपमा हाँसोमार्फत रिस वा आलोचना व्यक्त गर्नाले अवहेलनालाई सामान्य बनाउन सक्छ । यदि समस्या समाधान गर्नुको सट्टा मजाकको रूपमा बेवास्ता गर्ने बानी बन्छ भने, यसले सम्बन्धमा नकारात्मकता बढाउन सक्छ ।
भावनात्मक दूरी बढ्ने
सुरुमा मजाक हल्का र रमाइलो लाग्न सक्छ, तर समयसँगै यसले भावनात्मक दूरी बढाउन सक्छ । जब कुनै पार्टनरलाई आफ्नो खिल्ली उडाइएको महसुस हुन्छ, तब ऊ टाढिन सक्छ ।
व्यक्तिगत कुरा भंग हुने भय
यदि मजाकलाई सन्दर्भभन्दा बाहिर राखियो भने, कहिलेकाहीँ अन्जानमा गोप्य कुरा बाहिरिन सक्छ ।
मनमा डर बस्छ
जब बारम्बार खिल्ली उडाउने बानीले गर्दा विस्तारै पाटर्नरले कतै जमघटमसँगै लान मन नगर्न सक्छन । किनकि उसलाई हरेक पटक उ मजाकको विषय बन्ने भय रहन सक्छ।
यो डरले दूरी बढाउँछ ।
समझ्दारी र समाधान आवश्यक
भनिन्छ, भगवानले हाम्रो हातको औंलाहरूको बीचमा ठाउँ छोड्नुभएको छ । ताकि कोही आएर आफ्नो हात र आफ्नो साथले यो खाली ठाउँ भर्न सकोस् । यसरी साथ पाइसके पछि जीवनको यात्रा सुमधुर हुनुका साथै सम्मानजनक पनि हुनु धेरै महत्त्वपूर्ण छ ।
त्यसकारण, यदि यस्तै बानीले सम्बन्धमा दरार आइरहेको छ भने समयमै समाधान खोज्नु राम्रो हुन्छ । किनकि सुकेको रूखलाई पानी हालेर पछि हरियो हुने आशा गर्नु व्यर्थ हो ।
केही प्रण उपयोगी
– सार्वजनिक रूपमा ए-(अर्काको बारेमा नराम्रो बोल्ने छैनौं । एक-अर्काको छविमा असर पर्ने कुनै पनि काम नै गर्नेछौं ।
– यदि कुनै विषयमा असन्तुष्टि छ भने, त्यो घरमा मात्र सीमित हुनेछ । र, अरूको अगाडि कुनै पनि हालतमा ल्याइने छैन ।
– परिवारको अगाडि, विशेषगरी बच्चाहरूको अगाडि एक-अर्काको कमजोरी वा गल्तीहरूको बारेमा छलफल गर्नेछैनौं ।
– हामी एक-अर्कालाई सम्मान गर्नेछौं ।
– हामी कुनै पनि समस्या वा कमजोरीहरू एकान्तमा छलफल गर्नेछौं । र, सार्वजनिक कार्यक्रमहरूमा एक-अर्काको राम्रो गुणहरूको कदर गर्नेछौँ ।
– यदि बाहिरी व्यक्तिले कसैको मजाक उडाउँछ भने, अर्को व्यक्तिले परिस्थिति सुधार्ने प्रयास गर्नुपर्छ ।