२०८१ मंसिर ६, बिहिवार , ०५:५९:५६ बजे

Sajhamanch
'

हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, साउन १६, २०८१

                                                                                                         प्रथमपटक प्रकाशित मिति : २०८१/०४/१३

जिल्ला झापा बिर्तामोड–३ बस्ने स्व.रमेश राम (सदस्य नं.४९२९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल असार १६ गते निधन भई शेषपछिको हकदाबीमा झापा जिल्ला बिर्तामोड–३ बस्ने निजकी श्रीमती पार्वती रामले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल साउन २ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानून बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

                                                                                                                         एनएमसी सैनिकमोड कार्यालय

बुधवार, साउन १६, २०८१ | विज्ञापन

सम्बन्धित खबर