२०८१ कार्तिक ३, शनिवार , ०५:५८:५२ बजे

Sajhamanch
'

सीआईबीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

बुधवार, साउन २, २०८१

झापा । बाँके प्रहरीले नक्कली डिएसपी पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्ने दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विक पक्राउ परेका हुन् ।

विकले विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही हुँ भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूलाई भेट्ने, कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको पाएपछि मङ्गलवार कोहलपुर नगरपालिका ११ बाट नियन्त्रणमा लिइएको हो ।

विकले ठगी गरेको भए इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा जानकारी गराउन तथा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले आग्रहसमेत गरेको छ ।

केही व्यक्तिहरूलाई उनले धम्काएर ठगी गरेको समेत सूचना प्रहरीले पाएको छ । बाँके प्रहरी प्रवक्ता नारायण डाँगीका अनुसार विकका विषयमा केही उजुरी परेकाले पक्राउ परेको र अनुसन्धान जारी रहेको छ ।

बुधवार, साउन २, २०८१ | अपराध, समाज

सम्बन्धित खबर