२०८१ कार्तिक ४, आइतवार , १०:३२:३६ बजे

Sajhamanch
'

दमकमा लागू औषधसहित एक दम्पती पक्राउ

बिहिवार, असार २७, २०८१

झापा । झापाको दमकमा प्रतिबन्धित लागू औषधसहित एक दम्पती पक्राउ परेका छन् । गए राति ९:३० बजे दमक नगरपालिका-१ फाल्गुननन्द चौकमा डेरा गरी बस्ने इलाम महमाई नगरपालिका-१ घर बताउने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूले कोठामा लागू औषध ब्राउन सुगर लुकाई छिपाई बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट फाल्गुननन्दबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गरेको थियो । त्यस क्रममा उनको कोठाबाट ४ ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

लिम्बुसँगै उनकी श्रीमती चुलाचुली गाउँपालिका– ५ बस्ने २४ वर्षीया सनिता राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

सम्बन्धित खबर