२०८१ कार्तिक ६, मङ्गलवार , १२:११:४३ बजे

Sajhamanch
'

भरुवा बन्दुकसहित दुई जना पक्राउ

शुक्रवार, असार २१, २०८१

झापा । संखुवासभाको चैनपुर नगरपालिका–११ किरिङका ३७ बर्षीय लंक तामाङ र २६ बर्षीय तुलसी जिमीलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले तामाङ र जिमीलाई घर नजिकै जंगलभित्र घारीमा लोड गरी लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

शुक्रवार, असार २१, २०८१ | अपराध, समाज

सम्बन्धित खबर