२०८१ कार्तिक ५, सोमवार , ०८:५५:०४ बजे

Sajhamanch
'

दमकका एलिन ब्राउन सुगरसहित पक्राउ

शुक्रवार, असार २१, २०८१

झापा । ट्रयाकको गोजीमा ब्राउनसुगर लुकाएर ल्याउने झापा दमकका २३ वर्षीय एलिन दर्नाल बिर्तामोडमा पक्राउ परेका छन् ।

बिहीबार साँझ ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित पश्चिम बस स्टेन्डबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले शंकास्पद अवस्थामा दर्नाललाई फेला पारेको थियो ।

चेकजाँच गर्दा दर्नालले लगाएको कालो रंगको ट्रयाकको बायाँ गोजीमा सेतो रंगको प्लाष्टिकको पोकामा प्लाष्टिक बाहेक २ ग्राम ४७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर