२०८१ कार्तिक ५, सोमवार , ०८:५५:०३ बजे

Sajhamanch
'

सहकारीका कर्मचारीलाई चक्कु देखाएर लुटेको आरोपमा दुई जना पक्राउ

शुक्रवार, असार २१, २०८१

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीलाई चक्‍कु देखाएर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान मुड्खु भञ्ज्याङ नजिकै सहकारीका कर्मचारी संगिता रोक्कालाई चक्कु देखाएर लुटेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका वडा नम्बर ५ मुड्खुका ३३ वर्षीय सरोज परियार र रसुवा घर भई डल्लु बस्ने २३ वर्षीय संगम तामाङ छन्।

संगिताले सहकारीको बचत तथा कर्जा बापत विभिन्न ठाउँबाट २ लाख ८ हजार ६ सय रुपैयाँ लिएर फर्किँदै थिइन्। उनी मुड्खु बतासेडाँडा पुग्दा मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले चक्कु देखाएर उक्त रकम लुटेको एसपी अधिकारीले बताए।

यसरी फरार भएको भन्ने खबर पाएपछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरू दुबै जनालाई पक्राउ गरेको हो। उनीहरूबाट एक लाख ३९ हजार ५ सय रुपैयाँ बरामद भएको छ।

शुक्रवार, असार २१, २०८१ | अपराध, समाज

सम्बन्धित खबर