२०८१ कार्तिक ५, सोमवार , ०७:४४:०४ बजे

Sajhamanch
'

५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ

शुक्रवार, असार २१, २०८१

काठमाडौं । प्रहरीले ललितपुरको एक घरमा भारतीय नागरिकले भाडामा लिएको घर खानतलासी गर्दा ५० लाख नगद र झन्डै १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय र दुई जना नेपाली नागरिक रहेका छन् ।

उनीहरूलाई ललितपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको निर्माणाधीन घरमा शङ्कास्पद कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा उक्त धातु, रकम भेटिएको हो ।

प्रहरी वृत्त सातदोबाटोको टोलीले भारत महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेल बस्ने २८ बर्षका युवराज विभुते, सोही स्थानका विक्रम यलवर, अभिषेख विभुते तथा भक्तपुर सूर्यविनायक बिरुवा बस्ने सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी ८ बस्ने यसवन्त सुनारलाई पक्राउ गरेको हो ।

उनीहरूसँगै सुनजस्तो देखिने पहेँलो धातु १६९.९७० ग्राम, चाँदीजस्तो देखिने धातु २४७.२५० ग्राम, डिजिटल तराजु एक थान तथा विभिन्न कम्पनीका मोबाइल ७ थान पनि प्रहरीले बरामद गरेको छ ।

साथै हार्डडिक्स, मिककार्ड तथा बैंक भौचरसहित ५० लाख चार हजार नगद र सुन पगाल्ने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।

शुक्रवार, असार २१, २०८१ | अपराध, समाज

सम्बन्धित खबर