२०८१ कार्तिक ६, मङ्गलवार , ०८:५२:०८ बजे

Sajhamanch
'

नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा ३०० परिवारको निःशुल्क स्वास्थ्य बीमा

बिहिवार, असार २०, २०८१

बिर्तामोड। अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका ३०० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न दाताहरुले २०० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न तयार रहेको जानकारी उनले दिए ।

‘इच वान हेल्प वान’ अभियानअन्तर्गत नगरले २०० परिवारलाई बीमा शुल्कबापतको ३ हजार ५०० रुपैयाँ प्रतिपरिवारको दरले उपलब्ध गराउने सहमति गरिएको उनले बताए । गोम्देन आफैँले दिवंगत मातापिताको स्मरणमा १०० परिवारको बीमा गरिदिने घोषणा गरेको जानकारी उनले दिए ।

आधारभूत स्वास्थ्य सेवाबाट नगरका कुनै नागरिक बञ्चित हुनु हुँँदैन भन्दै गोम्देनले सहयोगी दाताहरुसँग सहकार्य गरेर नगरका अझ धेरै विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने वातावरण बनाउने बताए ।

सम्बन्धित खबर