२०८१ कार्तिक ५, सोमवार , १०:०४:५१ बजे

Sajhamanch
'

ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ

बुधवार, असार १९, २०८१

काठमाडौं । ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–५ का २१ वर्षीय राजकुमार सुनुवार र सोही ठाउँका २१ वर्षीय मनिराज मुखिया छन् ।

उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । ब्राउन सुगर कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूबाट ३४.४० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेकाहरू विरुद्ध लागुऔषध विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

बुधवार, असार १९, २०८१ | अपराध, समाज

सम्बन्धित खबर