२०८१ कार्तिक ६, मङ्गलवार , ०२:४६:३४ बजे

Sajhamanch
'

शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर, १६६ जनाले सेवा लिए

बुधवार, असार १९, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिवसताक्षीको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार भएको स्वास्थ्य शिविरमा १६६ जनाले सेवा लिएका छन् ।

जसमा २ जनालाई पाठेघरको क्यान्सर देखिएको ४ जना महिलाको पाठेघर खसेको र १ जनालाई मुटुमा समस्या देखिएको शिवसताक्षी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए ।

शिविरमा मुटुका परीक्षण गराएका एक जनालाई तत्कालन विएण्डसी अस्पताल बिर्तामोड लगिएको अध्यक्ष कार्कीले बताए । अन्यलाई ६ जनालाई पनि अस्पतालमा रेफर गरिएको छ । शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले उद्घाटन गरेकी थिइन् । उनले विशेष ग्रामिण क्षेत्रका महिलाहरुमा हुने समस्या केन्द्रित स्वास्थ्य शिविर चलाइएको बताइन् ।

शिविरमा वडाध्यक्ष मनोज खुलाल कार्की र सिकिन पाश्वानले शिवसताक्षीको दक्षिणी क्षेत्रका नागरिकहरु ठूला अस्पतालमा नजाने र गाउँमै सेवा स्वास्थ्य सेवा पुर्याउँदा लाभान्वित हुने जानकारी दिए । स्वास्थ्य शिविरमा शिवसताक्षी नगरपालिका वडा नं. ६ की वडासदस्य गोमा रिजाल, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा पूर्वाञ्चल क्यान्सर अस्पताल (विएण्डसी) बिर्तामोडको डाक्टर सहितको प्राविधिक टोलीले सहजीकरण गरेको थियो । शिविर शिवसताक्षी नगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा सम्पन्न सवल नेपालको समन्वयमा भएको थियो ।

सम्बन्धित खबर